पोखराको सस्तो बजारमा राखिएको सिलिन्डर बम, सेनाद्वारा निस्क्रिय

पोखरा, भदौ,२६-

पोखराको पृथ्वी चोकस्थित सस्तो बजारमा राखिएको सिलिन्डर बम नेपाली सेनाले निस्कृय पारेको छ ।

अज्ञात व्यक्तिले सिलिन्डर बम छाडेर गएपछि नेपाली सेनाको टोलीले निस्कृय पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अशोक सिंहले जानकारी दिनुभयो । 

बम राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।