२ नम्बर प्रदेशको मनोनय भदौ २१ गते हुने

काठमाडौ ,साउन,५-

निर्वाचन आयोगले प्रदेश नम्बर २ को निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको हिजो बसेको वैठकले असोज २ गते हुने निर्वाचन कार्यतालिका स्वीकृत गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रदेश नम्बर २ अन्र्तगत ८ वटा जिल्लाका १ सय २७ वटा स्थानीय तहमा निर्वाचन हुन बाँकी छ । जसमा एक महानगरपालिका र बाँकी गाउँपालिका र नगरपालिका रहेका छन् ।

निर्वाचन कार्यतालिका अनुसार भदौ २१ गते उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने समय तोकिएको छ । त्यसैगरी भदौ २४ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र मतदान असोज २ गते विहान ७ बजे देखि अपरान्ह ५ बजे सम्म चल्ने छ ।

तालीका पनि हर्नुहोस् ।।