सातौ राष्ट्रिय पुस्तक प्रर्दशनी आजदेखी घोराहीमा सुरु

रोशन घर्ती
दाङ,पुस १- सातौ राष्ट्रिय पुस्तक प्रर्दशनी तथा शैक्षिक महोत्सब २०७३ आजदेखी घोराहीमा सुरु भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा दाङको आयोजना र महासंघ केन्दिय समितिको संरक्षकत्वमा महोत्सव सुरु भएको हो । महोत्सवको शिक्षामन्त्री धनिराम पौडेलले गर्नुभएको थियो । महात्सवको उद्घाटन गर्दै शिक्षा मन्त्री पौडेलले नेपालमा पुस्तक निती आवश्यक भएको बताउनुभएको छ । कस्ता पुस्तक लेख्ने, पुस्तकमा कुन विषयलाई प्राथमीकता दिने, कसले पुस्तक खेल्ने, कुन पुस्तकलाई प्राथमीकता दिने, पुस्तक, पुस्तकालय, पुस्तकको अभिलेखीकरणकालागी पनि पुस्तक निती आवश्यक भएको बताउनुभयो । साथै शिक्षा निती निर्माण भईरहेकाले यो छिट्टै सार्वजनिक गरिने बताउनुभयो ।

प्रशंसनिय दृष्टिकोण विषयक तिन दिने तालिम शुरुसार्वजनिक शिक्षालाई नितीभन्दा पनि विश्वासीलो बनाएर लैजानुपर्ने बताउनुभयो । नेपाली भाषामा केही कमी कमजोरी भएको भन्दै उहाँले यसको सुधार आवश्यक भएको भन्दै उहाँले कमी कमजोरीलाई साच्चाएर लैजानुपर्ने उहाँको भनाई छ । नेपाली पाठकमा पढ्ने बानीको विकास नभएकाले एक महिनामा एक व्यक्तीले एक पुस्तकमात्र पढेपनि ठुलो उपलब्धी हुने बताउनुभयो । साथै यस किसिमका शैक्षीक महोत्सवले शिक्षाको विकासकालागी महत्वपूर्ण योगदान पु¥यााउने पनि उहाँको भनाई छ । साथै मन्त्री पौडेलले स्थानीय निकायको नभई स्थानीय संरचनाको निर्वाचन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै सांसद अनिता देवकोटाले अक्षर र ज्ञानको मेला यस शैक्षीक महोत्सव दाङको विकासकालागी कोसे डुंगा हुने बताउनुभयो । जीवनउपयोगी र व्यवहारिक शिक्षा अहिलेको आवश्यकता भएको भन्दै उहाँले भाषालाई प्रविधीमैत्री बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सांसद बुद्धिराम भण्डारी, सम्मानीत हुने चुडामणी गौतम, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका अध्यक्ष केन्दिय अध्यक्ष हरिप्रसाद अर्याल, प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले, जिल्ल शिक्षा अधिकारी रमेश मैनाली, दाङ उद्योग वाणीज्य संघका अध्यक्ष हेमराज बञ्जाडे, नेपाल पत्रकार महासंघ दाङक अध्यक्ष सुदिप गौतम, शिक्षक महासंघका जिल्ला अध्यक्ष अमरबहादुर खड्का लगायतले शुभकामना मन्तव्यव राख्नुभएको थियो । कार्यक्रममा शीक्षा र साहित्यको क्षेत्रमा योगदान गर्नुहुने डा. धुव्रचन्द्र गौतम, चुडामणी गौतम, गिरिराज शर्मा, भिष्मबहादुर केसीलाई सम्मान गरिएको थियो ।

प्रशंसनिय दृष्टिकोण विषयक तिन दिने तालिम शुरुमहोत्स्व आयोजक मूल समितिका संयोजक घनश्याम बरालको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय महासचिव नवनिधी पन्तको स्वागत गर्नुभएको थियो भने सहजिकरण पत्रकार एवं साहित्यकार बसन्त विवश आचार्यले गर्नुभएको थियो । कार्यक्रम हुनुपूर्व घोराहीमा शोभायात्रा निकालिएको थियो । महोत्सव स्थलबाट सुरु भएको झाँकी जुलुस सहितको शोभायात्राले बजारको परिक्रमा गरि महोत्सव स्थलमा पुगेर उद्घाटन कार्यक्रम भएको थियो ।