प्रेम र दिपकको नया गित ‘प्रदेश तिरै गयो’ बजारमा सार्वजनिक

सुभाष कडेल
काठमान्डौ,पुस १- नेपाली गीतसंगीतलाई अझ उत्कृष्ट स्थानमा राख्नको लागि बाग्लुङका प्रेम सापकोटा (सोनु) र दिपक कँडेलले नया गित बजारमा सार्वजनिक गरेका छन । नेपाली साँगितीक आकाशमा उडान भर्दै युवा सर्जक तथा गायक प्रेम सापकोटा (सोनु) र दिपक कँडेलले नयाँ कोशेली बजारमा ल्याएका छन् ।बागलुङ जिल्ला विहुँमा जन्मीएर कामको शिलशीलामा जापान रहेका दिपक कँडेल स्रोता र दर्शकको यतिधेरै माया पाइएला भनेर अपेक्षा समेत गरेका थिएनन् । प्रदेशको भुमिमा आँफु र आँफु जस्ता लाखौ नेपालीले भोग्नु परेको पिडा समेटेर उनले पहिलो गीत हिरा मोती बजारमा ल्याए । त्यस पछि स्रोता र दर्शकको मायाले यो क्षेत्रमा निरन्तर कलम चलाईराख्न मन लाग्यो ।

र स्रोता तथा दर्शकको मन जित्नका निमीत्त फेरी अर्को कोशेली  ‘प्रदेश तिरै गयो’ बजारमा सार्वजनिक गरेका छन ।दिपक कँडेलको उत्कृष्ट शब्द,प्रेम सापकोटा (सोनु)को लय रहेको ‘प्रदेश तिरै गयो’ मा प्रेम सापकोटा (सोनु) र सुमधुर स्वरकी धनी गायीका देवी घर्तीले आवाज दिएका छन्। भने यस गीतलाई दिपीका म्युजिक प्रालीले बजारमा ल्याएको हो ।  तउनी अहिले उनी देश बिदेशमा जहाँ रहे पनि गीतसंगीत क्षेत्रमै रमाएका छन । उनी भन्छन् ‘न त संगीतलाई बिर्सन सक्छु , न त संगीत देखी भागेर बस्न सक्छु । मेरा लागि गीतसंगीत नै जीवन बनेको छ’ । उनले आफ्नो गीतसंगीतको यात्रा मनको देउतैले बाटै सुरुवात गरेका थिए ।