गजल प्रतिष्ठानको नयाँ कार्य समीति चयन

बाँके, पुस २-गजल साहित्यको क्षेत्रमा कृयाशिल संस्था मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानको नयाँ कार्य समिति चयन भएको छ । प्रतिष्ठानको नेपालगन्जमा सम्पन्न द्विवार्षिक सम्मेलनले गजलकार पूर्ण समीर महताराको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समीति चयन गरेको हो । सर्वसम्मत रुपमा चयन भएको कार्य समितिमा उपाध्यक्ष दीपक आचार्य ‘जलन’ अनुपमा करारा ‘विवश’ सचिबको र वी।पी। अस्तु सहसचिबको जिम्मेवारीमा आउनुभएको छ । यसैगरी, जे।बी। अनुरागी कोषाध्यक्ष एवं हरिप्रकाश भण्डारी र डम्बर थापा ‘आश्रीत’ लाई सदस्यको जिम्मेवारी दिइएको छ ।

त्यस्तै कृष्णराज धमाला, ऋषि शर्मा सुदामा र महेन्द्र चन्द महासागरलाई क्रमशः कर्णाली, राप्ती र भेरी अञ्चलको संयोजकको जिम्मेवारी दिइएको छ । २०६२ सालमा स्थापित मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान गजल विधामा केन्द्रीत यस क्षेत्रको अग्रणी सस्था हो । ओझेल परेका गजल स्रष्टाहरुलाई सावर्जनिक गर्नु र गजललाई साहित्यिक तथा बौद्धिक रुपमा अगाडि बढाउन कृयाशील रहनु यस संस्थाको मुख्य उद्देश्य रहेको प्रतिष्ठानका निर्वतमान अध्यक्ष खगेन्द्र गिरि ‘कोपिला’ ले बताए ।

गजल विषयक साहित्यिक गतिविधि गर्दै आएको यस सस्थाले मध्यपश्चिमका अग्रणी गजलकार स्व। प्रेमप्रकाश मल्ल, बहुभाषिक गजलकार स्व।। प्रकाश राजापुरी र उर्दू गजलकार स्व। फारुक अहमद आरिफको संस्मरणमा स्थापित गजल सम्मानद्वारा प्रत्येक वर्ष नेपाली, उर्दू, अबधी र थारु भाषि गजल स्रष्टालाई सम्मान र पुरस्कृत पनि गर्दै आएको छ ।