एमालेले गरेको बन्दका कारण आजपनी नेपालगंजको बजार ठप्प

बाँके,पुस २ –सरकारले संविधान संशोधनको लागि गरेको प्रस्तावको विरोध गर्दै एनेकपा एमालेले गरेको बन्दका कारण आजपनी नेपालगंजको बजार ठप्प रहेको छ । ५ नम्बर प्रदेश टुक्राउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव विरुद्ध गरेको बन्दले आज पनि नेपालगंजमा  बन्दको प्रभाव परेको हो ।  नेपालगंजमा विहान ८ बजे सम्म गाडि चलेपनि अहिले भने नेपालगन्जको चोक चोकमा एमालेका वन्दकर्ताले बजार बन्द र सवारी साधनमा रोक लगाउदै आएका छन् ।

bandakarta umleकेहि ठांउमा वन्दकर्ताले पसल र सवारी साधनमा समेत तोडफोड गर्ने प्रयास गरेका थिए । बन्दका कारण पूर्वपश्चिम राजमार्ग पनि ठप्प भएको छ । बन्दले गर्दा नेपालगंजका शैक्षिक संस्था र उद्योगधन्दा भने शुक्रवारवाटै संचालनमा आउन सकेका छैनन् । नेपालगजमा विहान वेलुका वन्द खुकुलो पारिएपनि दिउसो भने थप कडाइ गरिएको छ । सडकमा दूध तथा हरियो तरकारी, फलफूल बोकेका गाडी र संचारकर्मीका साधन तथा एम्बुलेन्स भने बन्दकर्ताले चल्न दिएको एमाले जिल्ला उपाध्यक्ष निरक गुरुङले जानकारी दिनुभयो ।