‘जुरेली’ बोलको गीत भिडियो सहित सार्वजनिक

फाईल तस्विर ॥

काठमाडौं,पुष,३०-डा. सुजन थपलिया र अन्नु चौधरीको स्वरमा नयाँ गीत ‘जुरेली’ भिडियो सहित सार्वजनिक भएको छ।डा. आदित्य जोशीको शब्द रहेको यस गितमा गायक कर्ण संज्याल र जोशीकै संगीत रहेको छ।

सो गितको भिडीयो गीतकार डा. जोशीले आफ्नै नामको युट्युव च्यानल मार्फत सार्वजनिक गरेका हुन्।एक्सन स्टुडियो नेपाल अनामनगर र आरएल स्टुडियो अमेरिकामा रेकर्ड गरिएको गीतमा मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनीले गरेका हुन्।

म्युजिक भिडीयोको विक्रम चौहानले निर्देशन र कोरियोग्राफि गरेका हुन्।जुरेलीमा कलाकार चक्र बम र बिना राउतको उत्कृष्ट अभिनय देख्न सकिन्छ।प्रकाश खड्काले छायाँकन गरेको यस म्युजिक भिडीयोको सम्पादन मिलन विश्वकर्मा गरेका छन् ।