चर्चित सर्जक केशी दशैं खर्च नहुदाँ पिडामा

सिर्जना बर्देवा/
ओखलढुंगा ,भाद्र २२-
चर्चित सर्जक सुनिल केशीलाई घर खर्च टार्र्न मुस्किल परेको छ । नेपालीहरुको महान पर्ब बिजयदशमी तथा शुभदिपावली नजिकिदै गर्दा उनलाई खर्च टार्र्न मुस्किल परेको हो । बिजयदशमीको अवसर पारेर केशी उत्कृष्ट शव्द सिर्जनामा नयाँ दशै गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । गरिबीको पिडालाई समेटेर तयार भएको यस गितको म्युजिक भिडियो भर्खरै मात्र सार्बजनिक भएको हो ।

गरिबीको पिडालाई जस्ताको तस्तै समेटेर यस गितको उत्कृष्ट शव्द सिर्जना केशीको रहेको छ भने गणेश अधिकारीको लय सिर्जना रहेको छ । यस गितमा चर्चित गायीका बिष्णु माझी र गायीक बिष्णु खत्रिको समधुर स्वर रहेको छ । यस म्युजिक भिडियोमा चर्चित मोडल बिपेश घिमिरे र अनु श्रेष्ठको उत्कृष्ट अभिनय रहेको छ ।

चर्चित निर्देशक कपिल मगरको निर्देशन रहेको यस म्युजिक भिडियोको छायांकन हरिश महराको रहेको छ भने भिडियोको सम्पादन अमर शाक्यले गरेका छन् । शिव फिल्मसले दृष्य निर्माण गरेको यस म्युजिक भिडियो तथा अडियोलाई मालति डिजिटल प्रा.लीले बजार व्यबस्थापन गरेको छ ।

(भिडीयो हेर्नुहोस् )