“लाल्टीन”हेर्न तेस्रो दिन सम्ममा पनी दर्शकको भिड कायमै

दयाहाङ राई र प्रियका कार्की स्टारर फिल्म

विवेन,काठमाण्डौ,जेठ,२८-
“लाल्टीन” चलेको तीन दिन भईसक्दा पनि चलचित्रले पहिलो दिनको झै दर्शकको साथ र उत्साह मज्जैले पाएको देखिएको छ । फिल्मले जल्दो बल्दो बिषय बस्तुलाई उठाएकाले फिल्म हेर्ने दर्शकले राम्रै प्रतीकृया देखाएका छन, साथै फिल्म मा रहेको गीत सङ्गीत र कलाकार ले बोलेका संवाद ले  दर्शकलाई झन बढी मनोरन्जन प्रदान गरेको दर्शकहरु को दाबी छ ।

नेपालमा अहिले को समय मा फिल्म बन्ने क्रम धमाधम चलिरहेको अवस्था मा “लाल्टीन” ले आफ्नो कदम निकै राम्रो तालमा अघी सारेको छ । फिल्मले सोचे भन्दा राम्रो प्रतिकृया पाएको  चलचित्र प्रस्तुत कर्ता भानु ढकाल ले जानकारी दिए ।

फिल्म चल्नु मा राम्रा कलाकारका साथै सशक्त कथाबस्तु समेटिनु रहेको ढकालले वताए । दर्शकलाई हेर्न बुझ्न र मनोरन्जन दिन सजिलो हुने “लाल्टीन” फिल्म हेर्ने दर्शकहरु को बिचार रहेको छ । चलचित्र “लाल्टीन” ले सोचे झै सफलता प्राप्त गरोस विहानीअनलाइन परिवारको पनि शुभकामना ।