जापानमा एकैदिन १९ जनाको मृत्यु, थप ५६ जना संक्रमित थपिए

जापान,जेष्ठ,४-जापानमा अहिले सम्म कोरोना भाइरस (कोभिड–१९) बाट १६ हजार ९ सय ९२ जना संक्रमीत पुगेका छन् । संक्रमीत भएका मध्य ११ हजार ८ सय ४ जना निको भईसकेका छन् ।

गएको २४ घण्टामा अर्थात आईतबार बिहान सम्म थप नयाॅं ५६ जनामा संक्रमण देखिएको थियो, भने ३ सय ४४ जना निको भएर घर फर्केका थिए । हाल सम्म  ७ सय ६१ जनाको मृत्यु भैईसकेको छ ।यहाॅं  एकैदिन १९ जनाको निधन भएको थियो ।

आईतबार बिहान सम्म जापानका विभिन्न ठाँउ, होक्काईदो, साईतामा, फुकुई, सिगा केनमा एक एक जना यस्तै ओसाका केनमा ४ जना र टोक्योमा मात्र ११ जनाको एकै दिन निधन भएको थियो ।