माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौं,साउन,३-माओवादी केन्द्रको पनि संसदीय दलको बैठक बस्दैछ।आज बिहान ११ बजे संसदीय दलको कार्यलय सिंहदरबारमा बैठक बस्ने तय भएको सांसद देवेन्द्र पौडेलले जानकारी दिए।

अदालतले पुनर्स्थापना गरिदिएपछि बस्न लागेको संसद बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न बैठक बस्न लागेको हो। 

संसदीय दलको प्रमुख सचेतक देव गुरुङले बैठकमा सवै सांसदलाई उपस्थित हुन ह्वीप जारी गरेका छन्।