दुई वर्ष विति सक्दा पनि राहत नपाएको बाढी पिडितको गुनासो

मधुपौडेल,

बाँके,जेठ,३०-

दुई वर्ष विति सक्दा पनि बढि पिडितले कुनै राहत नपाएको एक तालिमको समापनमा बताएका छन । खाद्य सुरक्षा ,खाद्य अधिकार र पैरवी सम्वन्धि दुई दिने तालिमाको समापनमा बोल्दै सहभागिले उक्त कुरा बताएका थिए ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बाँकेद्धारा आयोजित तथा ईयुडिसिएको सहयोगमा तालिम सोमबार र आज बाँकेको कम्तिमा भएको थियो ।

तालिमको समापानमा बोल्दै सहभागि चोला पुन मगरले २०६३ सालको बढिले आफ्नो सम्पत्ति सबै वगाएर लगेको तथा २०७१ मा पनि केही बाँकी रहेको सम्पत्ति बगाएर लगे पनि आज सम्म कुनै राहत नपाउदाँ खाद्य अधिकार र सुरक्षाको विषयलाई आफुले कुन अर्थमा लिने भन्ने बुझ्नै नसकेको बताउनु भएको थियो ।

सहभागि पुनले आफुलाई थाह नभएको साविकको गाविसमा गएर कुरा राख्दा सचिवले थर्काउनु गरेका हुदाँ पिडा पोख्दै आफुलाई यस बारेमा कुरा गर्न पनि मन नलाग्ने बताउनु भयो । पुनले भन्नु हुन्छ,“ के गर्नु गाविसमा गएर कुरा गर्दा उल्टो थर्काइ खाइन्छ , अनि अल्छी लाग्छ , दुख गर्ने हो गर्नु प¥यो ,कसैलाई भन्नु” ।

यसै गरी सहभागि शारदा ओलीले कम्दि गाउपालिका तत्कालिन गाविस सचिव बलकृष्ण चौधरीले पिडितलाई राहत नदिएर अन्यलाई बाडेको आरोप लगाउनु भयो । यसै गरी साविकका गाविस र हालका गाउँपालिकाले प्रदान गर्ने सुचना त्यत्ती प्रभावकारी नभएको सहभागिले बताएका छन ।

सहभागिका अनुसार गाउँपालिकाले प्रदान गर्ने जति पनि सुचनाहरु प्रदान गर्दछ ति सुचना कार्यालयको भित्तामा मात्र हुने हुदाँ घरमा बसेर काम गर्ने महिलाले त्यसको बारेमा केही जनाकारी नपाउने बताएका थिए । तालिमको प्रशिक्षकका रुपमा संघका फिल्ड अधिकृत लक्षमण विक तथा कृषक अगुवा रमिता थापाले रहेनु भएको थियो ।

कार्यक्रमको समापनमा बोल्दै पर्यटन पत्रकार संघ बाके शाखाका सचिव मधु पौडेले खाद्यअधिकार तथा सुरक्षा र यसमा सञ्चारको भुमीका को बारेमा सहभागिहरुसंग छलफल गर्नु भएको थियो । कार्यक्रममा उदयपुर कृषि सेवा केन्द्रका प्रमुख निर्मल रेग्मीको उपस्थिति रहेका थियो भने कार्यक्रम कृषक महासंघका सदस्यहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।