लोकप्रिय गायक तथा रेडियो प्रस्तोता वासुदेव मुनालको निधन

काठमाण्डौं,असोज,१२-

गायक वासुदेव मुनालको निधन भएको छ। रेडियो प्रस्तुतिमा पनि बेग्लै पहिचान बनाएका मुनालको घाँटीको क्यान्सरका कारण बिहीबार भक्तपुरको क्यान्सर अस्पतालमा निधन भएको हो।

उनी ६८ वर्षका थिए। झण्डै चार दशक रेडियोमा बिताएका उनको रेडियो नेपालमा बज्ने बाल कार्यक्रम निकै लोकप्रिय थियो।

‘पानी खाने निउँले’, ‘लालुपाते फूलेर’ ‘बाँसुरीको धुनमा’, ‘तिम्रो घर चाँचरी’ लगायतका चर्चित गीत उनले गाएका छन्।