नेपालगन्ज महोत्सवमा ज्योतिको प्रस्तुती हेर्न दर्शकको ओइरो

नेपालगंज,माघ,७-

नेपालगन्ज महोत्सवको १२औँ दिन सोमबार युवाहरुको ढुक्ढुकी बहुचर्चित गायिका ज्योती मगरको धमाकेदार प्रस्तुति हेर्न दर्शकको घुईचो लागेको थियो।चर्चित गीत सुर्खेत बुलबुले जाउँला भन्ने गीत गाउँदै स्टेज उल्केकि गायिकालाई सुरुमै दर्शकहरुले ताली र हल्लाले स्वागत गरेका थिए।

करिव १ घण्टा सम्म दर्शकहरुलाई उफारेकि गायिका मगरले चर्चित गीतहरु जिम्बाल बाउकी छोरी, उहिमुलाको सिन्की, ढाडे बिरालो, लगाएतका थुप्रै चर्चित गीतहरु गाएर दर्शकहरुलाई भरपुर रमाइलो प्रदान गरेकि थिइन।

त्यस्तै मेलाको आकर्षक मानिएकि अर्कि चर्चित डान्सर दिपाशा बिसिले पनि थुप्रै चर्चित गीतहरुमा धमाकेदार डान्स प्रस्तुत गरेर दर्शकहरुलाई झुमाएकी थिईन।सफलताका साथ १२ औँ दिनसम्म आएको महोत्सवमा फाइनलका लागि नृत्य प्रतियोगिता पनि सम्पन्न भएको थियो।

प्रचारप्रसार संयोजक सुनिल रेग्मिका अनुसार आज जम्मा १५ जनाले प्रतिस्पर्धा गरेका थिए। जस्मध्ये ५ जना बाहिरिए भने प्रथम समीक्षा थापा, द्वितीय गरिमा चौधरी लागाएत ट्प १० प्रतिस्पर्धी छानिएका थिए।आयोजकका अनुसार मंगलबार मेलाको अन्तिम दिन चर्चित नायक निखिल उप्रेती, चर्चित डान्सर करिश्मा ढकाल र गायिका झरना पुन आउने भएका छ्न।