धनगढीमा जारी खप्तड गोल्डकप फुटबलमा झापा ११ लाई हराउदै थ्री स्टार विजयी

धनगढी,पुस,२४-

क्षेत्रीय धनगढी रंगशालामा जारी खप्तड गोल्डकप फुटबल प्रतीयोगितामा रुसलान थ्री स्टार फुटबल क्लव विजयी भएको छ । आजको खेलमा  थ्री स्टारले रमपम झापा ११ फुटबल क्लवलाई  ३/१ गोल अन्तरले पराजीत गरेको हो । 

जितसँगै रुसलान थ्री स्टार फुटबल क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो हापको ३४ औं मिनेटमा नै रुसलान थ्री स्टार फुटबल क्लवले गोल गर्न सफल भएको थियो । गोल गरेको ४ मिनेट बित्न नपाउदै ३८ औं मिनेटमा रुसलान थ्री स्टारका खेलाडी बुद्व चेम्जोङले थप १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

फोटो साभार गोल्ड नेपालडटकमबाट

उनले गोल गरेको ३ मिनेट पछाडी अर्थात खेलको ४१ औं मिनेटमा रमपम झापा ११ फुटबल क्लवका कर्ण लिम्बुले  १ गोल फर्काएका थिए । धनगढी रंगशालामा निकै नै उत्साह जनकको रुपमा भएको खेलमा पुनह : खेलको ४५ औं मिनेटमा रुसलान थ्री स्टारका खेलाडी बुद्व चेम्जोङले थप १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । आजको जित संगै लामो समय पछि रुसलान थ्री स्टार फुटबल क्लव नेपाली फुटबलमा फर्किएको छ ।

आज भएको खेलको ‘म्यान अफ द म्याच’बुद्व चेम्जोङ भएका छन् । १२ ओटा टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता टिमले नगद ११ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।