दशौं कञ्चनपुर पर्यटन महोत्सव आज देखि शुरु

इन्द्र कार्की
कञ्चनपुर,फागुन ६- “कृषि पर्यटन र उर्जामा विकास समृद्ध सुदुरपश्चिमको आधार” भन्ने मुल नाराका साथ दशौं सुदुरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर कृषि पर्यटन महोत्सव महेन्द्रनगरको खुला मञ्चमा आज देखि शुरु भएको छ । आयोजक कञ्चनपुर उद्योग वाणिज्य महासंघ रहेको महोत्सवको उद्घाटन  एक कार्यक्रम विच नेपाली काँगे्रसका केन्द्रिय सदस्य तथा कञ्चनपुर क्षेत्र नं. ३ का सांसद बहादुर थापाले गर्नु भएको थियो ।

दशौं कञ्चनपुर पर्यटकिय महोत्सव आज देखि शुरु महोत्सवमा १७५ स्टलहरु रहेका छन् । जसमा लघु उद्यम,अटोमोबाईल,कृषि,वैकल्पिक उर्जा,सूचना प्रविधी,शिक्षा तथा स्वास्थ्य सेवाको समेत प्रर्दशनी राखिएको छ । महोत्सवमा “सुदुपश्चिमको लोक साँस्कृतीक देउडा ,छलीया नृत्य,राना समुदायको साँस्कृतीक प्रर्दशनी ,हास्य व्याङग्य,दोहोरी,”लगायत कला साँस्कृतीको जगेर्ना गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ । महोत्सव अवधिभर विभिन्न समुदायको लोक साँस्कृतीका साथै स्थानीय र राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहने छ ।

सुदुरको पर्यटन क्षेत्रको विस्तारका लागि पर्यटकिय क्षेत्रको जानकारीका लागि “डोटेली,रानाथारु,समुदायको” खानाका विशेष परिकार समेत मुख्य आकार्षणको रुपमा रहने छ । महोत्सवबाट उठेको टिकट बाट प्रतिटिकट रु २ का दरले महेन्द्रनगर बजारका महत्वपुर्ण स्थानहरुमा CCTV जडानका लागि प्रदान गरिने जनाएको छ । महोत्सवमा आम नागरिकका लागि टिकटको मुल्य ५० रुपैँया र विद्यार्थीहरुका लागि २५ रुपैँया टिकट दर तोकिएको छ । आज देखि शुरु भएको महोत्सव यहि फागुन १५ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।