सर्लाहीमा गोली लागेर घाइते युवकको मृत्यु, भारतीय नागरिक भएको पुष्टि

काठमाडौं,चैत्र,२४-सर्लाहीको मलंगवामा अज्ञातको गोली लागेर घाईते भएका युवकको मृत्यु भएको छ ।

बुधबार साँझ साढे ७ बजेतिर मलंगवा नगरपालिका–९, कृष्णामति माविको कम्पाउण्ड पूर्व रिङरोड नजिक चलेको गोली लागेर घाइते भएका भारतको सोनबर्सास्थित विष्णुपुर नगरनिगमका ३५ वर्षीय इन्दल महतोको मलंगवास्थित अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलका अनुसार मोटरसाइकलमा आएका व्यक्तिले महतोमाथि गोली प्रहार गरेका थिए ।