ए डिभिजन लिग फुटबल : मनाङ र मछिन्द्रको भिडन्त बराबरी

मनाङ शिर्ष स्थानमा यथावत

काठमाडौं,पुस,२१-

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा मनाङ र मछिन्द्रले २-२ गोलको बराबरी खेलेका हुन् ।

 

खेलको पहिलो मिनेटमै मनाङका लागि फेमी जोसुवाले गोल गरेका थिए । मनाङका विमल रानाले एक गोल गरे ।खेलमा सुरुवाती अग्रता भने मनाङले बनाएको थियो । खेलको दोस्रो मिनेटमा फेमीको गोलमा मनाङले अग्रता बनाएको थियो। उनले एन्फाको प्रतिबन्ध फुकुवा हुँदै मैदान फर्किएका अन्जन बिष्टको पासमा हेड गोल गरेका थिए ।

पहिलो हाफमा १-० ले पछि परेको मछिन्द्र दोस्रो हाफको सुरुवातमै खेलमा फर्कियो । खेलको ४७ औं मिनेटमा सुजलले गोल गर्दै मछिन्द्रलाई १-१ गोलको बराबरीमा फर्काए ।

मनाङविरुद्ध आक्रामक खेल खेलेको मछिन्द्रले ८१ औं मिनेटमा एडिलाजाको गोलबाट २-१ को अग्रता बनाएको थियो । तर, खेलको ८८ औं मिनेटमा परिवर्तित खेलाडी विमलले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याउदै मनाङलाई हारबाट जोगाए ।

मछिन्द्रसँगको बराबरीसँगै मनाङले पाँच खेलमा ११ अंक जोडेको छ । र, मनाङ शीर्ष स्थानमा यथावत रहेको छ ।यस्तै पाँच खेलमा १० अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा रहेको छ ।