विश्वकप फुटबल: नेदरल्यान्ड्स भर्सेज मेसी कि?नेदरल्यान्ड्स भर्सेज अर्जेन्टिना?

नेदरल्यान्ड्स कप्तान भन्छन् नेदरल्यान्ड्स भर्सेज मेसी होइन, नेदरल्यान्ड्स भर्सेज अर्जेन्टिना हो।

फाईल तस्विर !!

दोहा कतार,मंसिर,२३-कतारमा जारी फिफा विश्वकप फुटबलमा क्वाटरफाइनलका दुई खेल हुँदैछन् ।आज शुक्रबार हुने दोस्रो खेलमा खेलमा नेदरल्यान्ड्स र अर्जेन्टिना बिच प्रतिस्पर्धा हुनेछ ।यी दुई टिमको खेल भने राति पौने १ बजेबाट सुरु हुनेछ ।

अर्को खेलमा क्रोएसिया र ब्राजील बिच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ ।

यसैबिच: कतारमा जारी विश्वकपको क्वार्टरफाइनलमा सन् २०१४ का दुई सेमिफाइनलिस्ट फेरि आमनेसामने हुँदैछन्। आठ वर्षअघि ब्राजिलमा अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।

जारी विश्वकपमा सात पटकका बालन डी’अर विजेता मेसीले आफ्नो स्पष्ट प्रभाव देखाइरहेका छन्। आफ्नो चम्किलो करिअरलाई अझै आकर्षक बनाउन मेसी आफ्नो टिमलाई अर्को हप्ता हुने फाइनलमा सफल बनाउँदै विश्व फुटबलको सबैभन्दा  लोकप्रिय उपाधि जित्न चाहन्छन्।

यस्तै आज हुने अर्जेन्टिना र नेदरल्यान्ड्स बिचको खेलको विषयमा नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइकले क्वार्टरफाइनलमा अर्जेन्टिनासँग खेल्दा सम्पूर्ण ध्यान लियोनेल मेसीमा मात्रै केन्द्रित नहुने बताएका छन्। 

डच डिफेन्डर भान डाइक नेदरल्यान्ड्सको टिम मेसीलाई मात्र रोक्ने रणनीतिमा नहुने बताउँछन्।‘उनी सर्वकालिन महान् खेलाडीमध्ये एक हुन्, उनने वर्षौंदेखि त्यो सावित गर्दै आएका छन्,’ भान डाइकले भने, ‘मेसी र क्रिस्टियानो रोनाल्डो पछिल्लो दुई दशककै उत्कृष्ट खेलाडी हुन्।

उनले जे हासिल गरेका छन्, त्यसका कारण धेरै सम्मान छ। तर, अहिले हामी उनको मात्रै सामना गर्ने ध्यानमा छैनौं। हामी अर्जेन्टिनालाई हराउने तयारी गरिरहेका छौं।’

‘उनले पछिल्ला वर्षहरूमा कति सफलता हासिल गरेका छन् भन्ने हामीलाई थाहा छ,’ भान डाइक भन्छन्, ‘तर, यो क्वार्टरफाइनल नेदरल्यान्ड्स भर्सेज मेसी होइन, नेदरल्यान्ड्स भर्सेज अर्जेन्टिना हो।’