संसद बैठक आज पनि अवरुद्ध, अर्को बैठक २२ गते बस्ने

काठमाडौ, मंसिर १९- व्यवस्थापिका संसदको वैठक बुधबार सम्मलाई स्थगित भएको छ । संसद भवन नयाँ बानेश्वरमा आज बसेको वैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगाएतका दलहरुले अबरोध गरेपछि संसद वैठक बुधबार सम्मलाई स्थगित गरिएको हो ।संसद सुरुहुने वित्तिकै नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापा मगरले सरकारले ल्याएको संविधान संशोधन विधयेक प्रस्ताव फिर्ता गर्न माग गर्नुभयो ।गत १४ गते संसदमा दर्ता भएको संविधान संशोधन विधयेकले देशमा अस्थितरता निम्तीएको बताउँदै सांसद थापामगरले सत्ता पक्षकै सांसदहरुले सडकमा उत्रिएर विरोध गरिरहेका बेला यो प्रस्तावको कुनैपनि काम नहुने जिकिर गर्नुभयो । सरकारले शान्ति सुरक्षा, अमन चयन जस्ता विषयमा ध्यान दिनुपर्नेमा सिमाना हेरफेर गरेर अशान्ति मच्चाएको आरोप लगाउनुभयो ।

हिमाल पहाड र तराईलाई अलग अलग गरेर प्रदेश बनाउँदा २ र पाँच नम्बर प्रदेश भविष्यमा भारतमा गाभ्ने गरि षडयेन्त्र भइरहेको आरोप लगाउनुभयो ।संशोधन मार्फत हिन्दी भाषालाई सरकारी कामकाजको भाषा कुनैपनि हालतमा मान्य नहुने तर्क गर्दै नागरिकता संवन्धी संशोधनको प्रस्ताव नेपाललाई सिक्कीमिकरण तर्फको बाटोमा लैजाने गरि आएको आरोप लगाउनुभयो ।मजदुर किसान पार्टीकी सांसद थापाले संसद चल्न नदिने बताएपछि एमाले सहितका अन्य विपक्षी दलका सांसदहरु उठेका थिए । लामो समय सम्म सांसदहरुले आशन ग्रहण नगरेपछि संसद वैठक बुधबार दिँउसो १ बजे सम्मलाई स्थगित भएको घोषणा गर्नुभयो ।