सरकारसंग १२ बुँदाको सम्झौता पछि डा.केसीद्धारा दशौं अनसन फिर्ता

काठमाडौ,  मंसिर १९ – सरकारी टोलीसंग १२ बुँदाको सम्झौता गरेपछि डाक्टर केसीले आफ्नो दशौं अनसन तोड्नु भएको छ । शिक्षण अस्पताल महाराजगञ्ज स्थित अनसनस्थलमा उनलाई भूकम्पमा परेका अढाई बर्षीय बालक मर्साङ तामाङको हातबाट जुस पिलाइएको थियो ।चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा डीन वरिष्ठताका आधारमा नियुक्ति लगायतका १० बुँदे माग डा। केसीले अनसन सुरु गर्नुभएको थियो ।पछिल्लो सहमतिमा खासगरि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा डिनको नियुक्ति वरिष्ठताको आधारमा हुने उल्लेख छ ।

डा. केसीको माग अनुसार डिन केपी सिंहले राजीनामा दिनुभएको छ भने जेपी अग्रवाल डिन नियुक्त भइसक्नुभएको छ ।सहमति अनुसार अब चिकित्सा एन कार्यान्वयन नभएसम्म नयाँ मेडिकल कलेज विस्तार वा कुनै पनि नयाँ कार्यक्रम ल्याउन पाउने छैनन् ।यसैबीच एमबीबीएस अध्ययनका लागि उपत्यकाभित्र १० प्रतिशत बढाएर ३८ लाख रुपैयाँ शुल्क लिन पाउने व्यवस्था गरिएको छ । उपत्यकाबाहिर चाहिँ उक्त शुल्क ४२ लाख रुपैयाँ हुनेछ।