माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लि- वार्षिक साधारणसभा सम्पन्न

नेपालगन्ज ,साउन,३२-

दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नाराका साथ अाज बाँकेमा अग्रणी स्थानमा रहेका सहकारीहरु मध्येको एक सहकारी माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लि- ले अाफनो ९ अौं वार्षिक साधारणसभा नेपालगन्जको सिद्धार्थ कटेज रेष्टुरेन्टमा भव्य रुपमा सम्पन्न गरेको छ ।

वि- स- २०६८ सालमा स्थापना गरिएको सहकारीका अाफना लगभग छ हजार चारसय जना भन्दा बढी बचतकर्ता रहेको सहकारीले प्रदेश नं ५ कि सांसद, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय अारती पौडेलको प्रमुख अातिथ्यमा भव्य रुपमा साधारणसभा सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता सहकारीका अध्यक्ष रसिद अहमद कुरेसीले गर्नु भएको थियो ।

कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख गणेश कुमार रेग्मी बिशिस्ट अतिथि , समाजवादी पार्टी नेपाल बाँकेका अध्यक्ष कमरुद्दिन राई, अतिथिहरुमा नेकपाका नेपा अतहर हुसेन फारुकी, पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारु, लगायतका विभिन्न मिडियामा कामगर्ने पत्रकारहरु, लगायतका व्यक्तित्वहरु रहनु भएको थियो ।

उक्त कार्यक्रममा सहकारीको वार्षिक प्रतिवेदन सहकारी कि प्रवन्धक अम्बिका काफ्लेले पढेर सुनाउनु भएको थियोे । कार्यक्रममा सांस्कृतिक कार्यक्रम , उत्कृष्ट बचतकर्ताहरुलाई सम्मान, उत्कृष्ट बजार व्यवस्थापक, उत्कृष्ट ऋणी लगायतकाहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रममा शुभकामना दिनुहुने अधिकांश वक्ताहरुले सहकारीको प्रशंसा गर्नुको साटो अरु सहकारीहरुले पनि माता बागेश्वरी सहकारीबाट धेरै कुराहरु सिक्नु पर्ने बताएका थिए।