काठमाडौं ६ मा भीमसेनदास प्रधान विजयी

काठमाडौं,मंसिर,२३-

काठमाडौं क्षेत्र नम्बर ६ मा कांग्रेसका भीमसेनदास प्रधान विजयी हुनुभएको छ । यससँगै काठमाडौंका १० मध्ये ४ सिटमा कांग्रेस विजयी हुनुभएको हो ।

उहाँले वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका झक्कु सुवेदी पराजित गर्नुभयो । प्रधानले १६ हजार ७८५ मत पाए भने झक्कुले १५ हजार ४८५ मत प्राप्त गर्नु भएको थियो ।