घोराहीमा राप्रपाको बृहत घरदैलो कार्यक्रम सम्पन्न

भानुभक्त बस्नेत ,
घोराही,असार,१२-
आज घोराही उपमहानगरपालिकामा राप्रपाले बृहत घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । घरदैलो कार्यक्रम घोराही उपमहानगरपालिको प्रत्येक वडामा गरीएको छ । राप्रपाका मेयर पदका उम्मेद्धार डा.भोलानाथ योेगी उपमेयर पदकी उम्मेद्धार प्याउली केसीसहित राप्रपा नेपालका कार्यकर्ताको उपस्थितीमा घरदैलो कार्यक्रम सम्पन्न भएको हो ।

घरदैलो कार्यक्रममा अत्यधिक जनताहरु चुनावमा सहभागी हुन हतार भएको समेत बताएका थिए । साथै घोराहीको समग्र विकासका लागि योगि सक्षम व्यतmी भएकाले गाई चिन्हमा मतदान गरी जिताउने समेत प्रतिबद्धता व्यक्त गरेका थिए ।

घरदैलो कार्यक्रममा कसरी मतदान गर्ने कसरी मतपत्र पटाउदा मतपत्र रद्द हुदैन लगायतका कुरा हरु सिकाएका थिए । कार्यक्रम सहभागी हुदै मेयर पदका उम्मेद्धार डा.भोलानाथ योेगी उपमेयर पदकी उम्मेद्धार प्याउली केसीसहित सम्पुर्णलाई गाई चिन्हमा भोट हाली जिताउन आग्रह समेत गरेका थिए ।