परियारको लय शव्दमा “परदेशी मन” बजारमा

सिर्जना बर्देवा,

ओखलढुङगा,असार,१०-

पछिल्लो समय लय शव्दका धनि सर्जक सुरज परियारको उत्कृष्ट लोकभाका “परदेशी मन” सार्बजनिक भएको छ । एक पछि अर्को गर्दै आफना सिर्जनाहरु बजारमा ल्याईरहेका सर्जक परियारको भर्खरै मात्र यो भाका बजारमा आएको हो ।

परदेशीको पिडालाई समेटेर तयार भएको यस लोक भाका निक्कै मार्मिक रहेको छ । नवराज तामाङ्गको प्रस्तुती रहेको यस गितमा लय तथा शव्द सिर्जना स्वयम परियारको रहेको छ । त्यस्तै नवराज तामाङ्गको एकल स्वर रहेको छ भने केशव बडुको एरेन्ज रहेको छ ।

यस म्युजिक भिडियोमा अभिनय भने शन्देस क्षेत्रि,अनिल बिष्ट प्युठानी र रेखा सुनारको रहेको छ । निर्देशक एकिन्द्र सारा शंकरको निर्देशन रहेको यस भिडियोको छायांकन करण चैसिरको रहेको छ भने सम्पादन अमर शाक्याको रहेको छ ।

हिम सम्झौता डिजिटल प्रा.लीले दृष्य निर्माण गरेको यस भिडियो तथा अडियोलाई स्वम कम्पनी हिम सम्झौता डिजिटल प्रा.लीले नै बजार व्यवस्थापन गरेको छ ।

भिडीयो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

https://www.youtube.com/watch?v=tJ96bmaMFRI\