एन.आर.एन जापानको क्यूश्यू क्षेत्रमा लक्ष्मण बानियाँ सर्वसम्मतले चयन

मिलन मगर,

फुकुओका,जापान,असार,१०-

गैर आवसीय नेपाली संघ एन.आर.एन  क्यूश्यू क्षेत्रीय कमिटीको ५ औं अधिबेशन आज जापानको फुकुओका शहरमा सम्पन्न  भएको छ । आज भएको अधिबेशन बाट लक्ष्मण बानियाँको नेतृत्वमा १३ सदस्य सर्वसम्मतबाट चयन भएका छन् ।

नेतृत्वको दावेदार धेरै भएपनि अन्तत: सहमतीकै आधारमा पदाधिकारी चुनिएको हो । क्यूश्यू क्षेत्रीय कमिटीको ५ औं अधिबेशनले संयोजकमा लक्ष्मण बानियाँ, बरिष्ठ उपसंयोजकमा देवराज उप्रेती, उपसंयोजकमा नवराज गौतम, सचिवमा शीशीर ज्ञवाली, स-सचिवमा सुरज बन , कोषाध्यक्षमा दिलेन्द्र जोशी रहेका छन् ।

यस्तै सदस्यहरूमा भने,

१.प्रेम गुरुङ

२. आशीष खड्की
३. सुर्य कुमार कुवँर
४. सचिन नेवाङ
५. पंकज बजगाई
६. नविन अधिकारी
७. नारायण सुबेदी लाई आजको अधिवेशनवाट चुनिएको हो ।आगामी दुइ बर्ष सम्मको कार्यकालको लागि चुनीनु भएका सबै पदाधिकारी ज्यूहरू लगायत कार्यसमितिका सम्पूर्ण सदस्यहरू लाई बिहानी अनलाईन परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ ।