ओलीको “मेरो गित ” सार्बजनिक

सिर्जना बर्देवा,

ओखलढुङगा,असार,११-

पछिल्लो समयका चर्चित संगीतकर्मी साजन ओलीको ‘‘मेरो गीत’’ सार्वजनिक भएको छ । संगै जिउने संगै मर्ने बाचा कसम गरेको आफ्नो प्रेमिका अरु कसै संग सिन्दुर पहिरेर जादाको पिडा लाई समेटेर तयार भएको यस गित अत्यन्त मार्मिक र बियोगान्त रहेको छ ।

रोल्पामा जन्मिएका गायक तथा सर्जक ओली हाल निरन्तर गित संगितमा लागी परेका छन् । एक पछि अर्को गर्दै नेपाली गितसंगीतको बजारमा आफ्ना सिर्जना हरु ल्याउने क्रममा छन् । ओली सुमधुर स्वरका धनि र निक्कै मिठो शव्द सिर्जना गर्ने एक कलाकारमा चिनिन्छन् ।

यस गितमा लय तथा शब्द सिर्जना स्वयम ओलीको रहेको छ । महेन्द्र कुँवरको प्रस्तुती रहेको यस गितमा चर्चित गायीका टिका पुन र स्वयम ओलीकै सुमधुर स्वर रहेको छ । भिडियोमा चर्चित मोडल सारिका केसी र महेन्द्र कुँवरको उत्कृष्ट अभिनय रहेको छ ।

चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन रहेको यस भिडियोमा नवराज उप्रेतीको छायाँकन रहेको छ भने भिडियो सम्पादन मिलन बि.क. ले गरेका छन् । यस म्युजिक भिडियोको दृश्य निर्माण भने बि स्टार फिल्म्स प्रा.लि.ले गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।