गायिका जुनु गौतमको नयाँ गिती एल्वम ‘अर्को जन्म होला नहोला

सिर्जना बर्देवा,

ओखलढुङगा,असार,२६-

गायिका जुनु गौतमको नयाँ गिती एल्वम ‘अर्को जन्म होला नहोला’ सार्वजनिक भएको छ । साहित्यकार लेखक झमक घिमिरेको जन्म दिनको अवसर पारेर चलचित्र “जिवन काँडा की फुल” को प्रिमियर शोसँगै जुनुको एल्बम ‘अर्को जन्म होला नहोला’ पनि सार्वजनिक गरिएको हो ।

यस एल्बममा विभिन्न विधाका ६ वटा गीत समावेश छन् । उसो त जुलुले चलचित्र जीवन काँडा की फुलमा पनि दुई वटा गीतमा स्वर दिएकी छिन् । चलचित्रमा समावेश मैले क लेख्न जाने निक्कै मार्मिक गीत रहेको छ । 

जुन गीत युट्युवमा समेत सार्वजनिक भईसकेको छ । झमक कुमारी घिमिरेको जीवनीमा आधारित चलचित्र “जीवन काँडा कि फुल” लाइ बिनोद बिस्टले निर्देशन गरेका हुन् ।

राजधानीमा सम्पन्न चलचित्रको प्रिमियर शो र अडियो बिमोचन कार्यक्रममा विषेश अतिथिको रुपमा उपस्थित भएका राष्ट्र कवि माधव घिमिरे, ईतिहास विद् सत्यमोहन जोशी,नेपाली चलचित्रकी

प्रथम नायीका भुवन चन्द, डा.झमक घिमिरे नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली ले एक साथ एल्बम बिमोचन गरेका थिए ।

हेर्नुहोस् भिडीयो ।।