ढल निकास र फोहोर मैला व्यवस्थापन नहुँदा सुखड बजार दुर्गन्धीत बन्दै

बिरेन्द्र शाह/

कैलाली,सुखड,पौष,२४-
कैलालीको घोडाघोडी नगरपालिको मुख्य सुखड बजारमा ढल निकास र फोहोर मैला व्यवस्थापन क्रुप बन्दै गएको छ । बिभिन्न प्रयोजनमा प्रयोग हुने पानिलाई व्यवस्थित तरीकाले व्यवस्थापन नुहदा समस्या भएको हो । केही ठाउँमा ढल निकास भए पनि बजारका बिभिन्न गल्लीहरुमा ढल निकासको लागी कुनै व्यवस्था परीएको छैन ।

समयमा समस्याका समाधान नहुने हो भने बिभिन्न रोगहरु फैलिने डर देखिन्छ । कैलालीको घोडाघोडी नगरपालिका १ सुखड बजार प्रमुख व्यापारी केन्द्र हो । यो ठाउँमा बिभिन्न ठाउँ का व्यक्तिहरुले व्यापारीहरुले व्यापार व्यवसाय गरीरहेका छन । बिभिन्न ठाउँ बाट सर सामान किन्नको लागी सुखड बजार स्थानियहरु आउने गर्दछ्न ।

तर यति ठुलो सुखड बजारमा ढल निकासा नहुदा यहाँका व्यापारी र यस ठाउँमा सर सामान किन्न आउने व्यक्तिहरु समस्यामा परेका छन । सुखड बजार नगरपालिकको मुटु भनेर चिनेने ठाउँ हो । तर अहिले ढल निकासा नहुदा दुर्गदित भएको छ ।

अहिले यो क्षेत्र दुर्गदित देख्दा खेरी १ नम्बर वडा नै हैन कि जस्तो भान भएको सुखड बजारमा व्यापार गरीराख्नु भएकी व्यापारी विश्व देबी क्षेष्ठ बताउनु हुन्छ । हामीले नगरपालिकालाई धेरै पटक यस बारेमा कुरा गरेको तर नगरपालिकाले केही पनि नगरको आरोप उहाँको छ ।

सुखड बजारका भजनि रोड तिर मात्र दायाँ बायाँ ढल निकासाको लागी नाली निमार्ण मात्र भएको छ । तर सुखड बजारको बिभिन्न गल्लीहरुमा ढल निकासाको लागी कुनै व्यवस्था गरीएको छैन । यसले गर्दा अहिले दुर्गदित बजारका रुपमा परिणतका रुपमा चिनन थालेको छ ।

यो क्षेत्रमा पालानिङ्न नै गलत भएको र नगरपालिकाको माप दण्ड अनुसार काम नभएकाले समस्या भएको राष्टिय कलेज सुखडका अध्यक्ष हरी नन्द जोशी बताउनु हुन्छ । यसको चाडै समस्या सामाधान नगरे भने बिभिन्न खाले रोग फैलीन सक्ने उहाँको भनाई छ ।

सुखड बजार परिस्थिति हेर्दा सारै दयिनिय अवस्था मा छ । सुखड बजारको फोहोर हेर्नु प्रयो भने नाक आवस्थामा छैन । यस क्षेत्रमा ढल निकासा नहुदा व्यापारी ,घर धनिहरु निकै आतेको देख्नु पाईन्छ । सुखड बजारमा ढल निकासाको लागी ढल निकास निमार्ण समिति पनि गठन गरीएको छ ।

आफुले घोडाघोडी नगरपालिको प्रमुख ममता प्रसाद चौधरीलाई भेटेर यस बजारको बारेमा कुरा राखेको र नगरपालिकाले सुचना निकाले चाडै नै काम गर्ने भनेर आश्वासन दिने गरेको सुखड बजार ढल निकासा समितिका अध्यक्ष मन राज उपाध्या हामी सगँ बताउनु भयो ।

यता घोडाघोडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मनराज शाहीले सुन्दर सहर बनाउको लागी त्यहाका स्थानियहरुले कुनै बाधा अवरोध नगरेर साथ सहयोग गरेको खण्डमा नगरपालिकाले व्यवस्थित गर्न तर्फ आफु लाग्ने हामी सगँ बताउनु भएको छ ।