बाँके र बर्दियाका कृषकरु धमाधम सगुनको रुखहरु लगाउन थाले

मधु पौडेल
बाँके,फाल्गुन ५-शिवशक्ति बायोप्लान्टेक प्रालिको प्रविधिक सहयोमा बाँके र बर्दियाका कृषकरुले धमाधम सगुनको रुखहरु लगाउन थालेका छन् । बलियो काठका रुपमा १५ बर्षपछि काट्न मिल्ने उक्त रुखको बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकहरु उत्साहित भएका छन । शिवशक्तिका सर्भिस म्यानेजर कमलकान्त सिंहका अनुसार, बाँके र बर्दियाका ६७ जना कृषकहरुले करिब दुई लाख रुख लगाएका तथा   कृषकहरुलाई शिवशक्तिले बिरुवा र अन्य प्राविधिक सहयोग गरेको  बताउनु भएको छ ।

‘तीन बर्ष अघिबाट कृषकहरुले सगुनको रुख लगाउन थाल्नुभएको हो ।’ सिंहले भन्नु भयो ,–‘अहिले एकदेखि डेढ फिट मोटो र अठारदेखि २५ फिट सम्म लामो भइसकेको छ ।  १५ बर्षपछि रुख काट्नका लागी तयार हुने उक्त काठको मुल्य प्रति क्युबिक फिट ३ हजारदेखि ४ हजारसम्म अहिले बिक्री भइरहेको छ । ‘काठको समस्या भइरहेका बेला सगुनको काठले बजार लिइरहेको छ ।सिंहले भन्नु भयो ।

बिहिवार बाँके र बर्दियाका सगुन कृषकहरुलाई भेला गरी आर्दश कृषक गोष्ठी कार्यक्रमको आयोजना गरिएको छ । उक्त अवसरमा कृषकहरुले नीजि वनको दर्ता लगायतका बिषयमा कुरा राखेका थिए । जिल्ला वन कार्यालय बाँकेका प्रमुख पुष्पराज बर्तौलाले प्रक्रियामा आए नीजि वन दर्ता गर्न क’नै समस्या नहुने बताउनु भएको छ ।

साथै कृषी  बैंक नेपालगञ्जका प्रमुख घनश्याम शर्माले कृषकहुलाई ऋण आबश्यक परे सहयोग गर्ने पनि प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।    कार्यक्रममा शिवशक्ति बायो प्लान्टेक डिभिजनल म्यानेजर सन्जय पाण्डे,म्यानेजर र घुनान्दन चौहान, जेटिए प्रशान्त पाण्डे लगायतले बोल्नु भएको थियो ।