नेपाल मगर संघ क्युशु जापानको नयाँ कार्यसमिति चयन -अध्यक्षमा अर्जुन पुन मगर

फुकुओका,जापान,माघ,२५-नेपाल मगर संघ क्युशु जापानले नयाँ कार्यसमिती चयन गरेको छ।नेपाल मगर संघ जापानको क्युशु कार्यसमितीले शनीबार  एक औपचारिक कार्यक्रम गर्दै १७ जनाको नयाँ कार्यसमिति गठन गरेको हो।लामो समय पछि नेपाल मगर संघ जापानको क्युशुले नयाँ अध्यक्ष पाएको छ ।

नयाँ कार्यसमितिको अध्यक्षमा अर्जुन पुन मगर चयन हुनु भएको छ,भने यस्तै वरिष्ठ उपाध्यक्षमा दिपक राना मगर चयन हुनु भएको छ ।यस्तै महिला उपाध्यक्षमा बिमला श्रीस राना मगर, अर्का उपाध्यक्षमा विजय थापा मगर ,महा सचिवमा रोजिन थापा मगर, सचिवमा दुर्लभ,कोषाध्यक्षमा याम माया तारुङ मगर,सांस्कृतिक प्रमुख विभागमा अन्जना मगर,सदस्यहरुमा समर मगर्, सरोज पुलामी मगर्, युकेश राना मगर्, मनोज राना मगर्, निरन्जन मगर्, सुर्य मगर्, प्रकाश मगर्, कारीश्मा मगर्, बसन्त घर्ती मगर सर्वसम्मतिमा चयन भएका छन् । 

यसैबिच- विगत दुई वर्ष अगाडी मिलन मगरको नेत्वृमा रहदै आएको नेपाल मगर संघ जापानको क्यूशु कार्यसमितिका पूर्व अध्यक्ष मिलन मगर नेपाल फर्किपछि अध्यक्ष विहिन हुँदै आएको थियो । मिलन मगर नेपाल फर्किपछि हाल सम्म नेपाल मगर संग जापानको क्यूशु क्षेत्रको कार्यवाहक अध्यक्षताको जिम्मेवारी दिपक राना मगर ज्यूले हेर्दै आउनु भएको थियो । 

अहिले सम्म कार्यवाहक अध्यक्ष गर्दै आउनु भएका दिपक राना मगर ज्यूको अध्यक्षतामा वार्षिक साधारण सभा तथा दोश्रो अधिवेसन सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरेको हो । उक्त साधारण सभा बाट सर्वसहमतिमा १७ जना कार्यसमिती गठन भएको छ ।

प्रवासमा रहेका यस क्षेत्रको यो कार्यसमितीले नयाँ नयाँ राम्रा सामाजीक मुलक काम गर्न सक्षम रहोस् नयाँ कार्यसमितिका सम्पुर्ण पदाधिकारीहरुलाई बिहानी अनलाईन परिवारको तर्फबाट धेरै भन्दा धेरै शुभकामना व्यक्त गर्दछौं । धन्यवाद ।।