उत्कृष्ट म्युजिक कम्पनी प्रियसी म्युजिक प्रा लीले ल्यायो “पागल हुन्छु ”

सिर्जना बर्देवा,

ओखलढुङगा,असार, ७-

अहिलेको उत्कृष्ट म्युजिक कम्पनी प्रियसी म्युजिक प्रा.लीले नया लोक दोहोरी गित पागल हुन्छु बजारमा ल्याएको छ । माया प्रेमको भावनालाई समेटेर तयार भएको यस गितको म्युजिक भिडियो भर्खरै मात्र सार्बजनिक भएको हो ।

मोडलीङ्ग क्षेत्रका परिचित मोडल बिपेश घिमिरे र सागर खड्काको प्रस्तुती रहेको यस गित निक्कै मार्मिक रहेको छ । मोडल घिमिरेको उत्कृष्ट शव्द सिर्जनामा रहेको यस गितका लय सिर्जना गणेश अधिकारीको रहेको छ ।

चर्चित गायक पुश्कल शर्मा र देबी घर्तिको स्वर रहेको यस गितमा स्वयम मोडल घिमिरे र चर्चित मोडल आसा खड्काको उत्कृष्ट अभिनय रहेको छ । निर्देशक बबिता श्रेष्ठको उत्कृष्ट निर्देशन रहेको छ ।

मुकेश हुमागाइको छायांकन रहेको यस भिडियोको सम्पादन मिलन बि.कले गरेका छन् । यस उत्कृष्ट म्युजिक भिडियो तथा अडियो लाई स्वयम म्युजिक कम्पनी प्रियसी म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।