भ्रष्टाचारी मुद्धामा मुछिएका गोपाल खड्काद्धारा राजीनामा

काठमाडौं,जेठ,२४-

नेपाल आयल निगमका विवादास्पदमा रहनु भएका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिनुभएको छ । निगमको जग्गा खरिद गर्दा करिब ७५ करोड रुपैयाँ भ्रष्टाचार भएको भनी विवादितमा तानीनु भएको थियो ।यसअघि कारवाहीका लागि आपूर्ति मन्त्रालयले बारम्बार सिफारिश गरे पनि शक्ति केन्द्रको सेटिङमा उहाँ पदमा रहँदै आउनु भएको थियो ।

सरकारले मन्त्रालय तानेर जिम्मेवारीविहीन बनाएको ९ महिनापछि खड्काले राजीनामा दिनुभएको हो ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज बिहीबार बिहान पत्रकार सम्मेलन गरी खड्काले राजीनामा दिनुभएको हो ।

राजीनामा दिदै खड्काले भन्नुभयो ‘मलाई मन्त्रालय तानेर जिम्मेवारीविहीन बनाइयो’ ‘मेरो कार्यकाल अझै ६ महिना बाँकी छ तर जिम्मेवारीविहीन भएर बस्नुभन्दा राजीनामा गर्नु नै ठिक लाग्यो र मन्त्रीलाई राजीना पत्र बुझाएँ।’ उहाँले बिहानै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई राजीनामा पत्र बुझाएको बताउनुभयो ।

खड्काले सातैवटा प्रदेशमा ५ वर्षभित्र पेट्रोलियम पदार्थ भण्डारणको काम पूरा गर्न खोज्दा विभिन्न तत्वले त्यसलाई असफल बनाएको दावी गर्नुभयो । ‘दुर्भाग्बस केही यस्ता त्तवहरू लागे। जग्गा खरिद प्रक्रियामा अनेक लाञ्छाना लगाएर पत्रपत्रिकामा प्रचारबाजी भयो’, उहाँले भन्नुभयो , ‘यसले गर्दा काम गर्ने मनोबल पनि गिर्‍यो।’

खड्काले आफू नेतृत्वमा आएपछि निगमलाई ऋणमुक्त गरेको र  ढुवानीको व्यवस्था पनि सहज बनाउँदै लगेको दावी गर्नुभयो ।