कोरोना संक्रमणबाट ४५९ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या ७० हजार ६१४ पुग्यो

काठमाडौं,असोज,९-नेपालमा शुक्रवार थप १ हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण ४५९ जनाको मृत्यु पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार संस्थागत आईसोलेशनमा ८ हजार २३७ जना छन् भने हाल १८ हजार २८९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।विगत २४ घण्टामा १२ हजार ९६२ ओटा पीसीआर परीक्षण गरिएको छ । हाल क्वारेन्टाइनमा ६ हजार ५६४ जना रहेका छन् । त्यसैगरी होम आईसोलेशनमा १० हजार ५२ जना छन् ।

हालसम्म कुल पीसीआर परीक्षणको संख्या ९ लाख ६८ हजार १८५ पुगेको छ । त्यसैगरी हाल भेन्टिलेटरमा ३९ जना संक्रमितले उपचार गराइरहेका छन् । यस्तै आईसीयूमा २२७ जना संक्रमितको उपचार भइरहेको छ । मन्त्रालयले संक्रमित मध्ये ७३ दशमलव ४ प्रतिशतलाई निको भएको बताएको छ । हालसम्म कुल डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ ।

यसैगरी प्रवक्ता गौतमले विगत २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५लाई  कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो। उहाॅंका अनुसार काठमाडौं जिल्लाका ५०३ जना, ललितपुर  जिल्लाका ९१ जना र भक्तपुर जिल्लाका ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।