वाम गठवन्धनले आफूलाई प्रधानमन्त्री बनाउने सहमति नगरेको अध्यक्ष ओलीको भनाई

विराटनगर, कात्तिक,१६-

नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले र माओवादीबीच कुनै राजनीतिक दललाई समाप्त पर्ने उद्देश्यका साथ गठबन्धन निर्माण नभएको प्रष्ट्याउनु भएको छ ।

आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठवन्धनकै कारण अधिनायकवादी शासन आउन सक्ने भनि गरेको अनुमानमा सत्यता नरहेको उहाँको भनाइ छ ।

नेपाली कांग्रेसमा मुलुकको प्रगति र विकास विरोधी राजनीति हावी हुँदै गएको टिप्पणी पनि गर्नुभयो । अर्को प्रसंगमा अध्यक्ष ओलीले चुनावपछि वाम गठवन्धनले आफुलाई प्रधानमन्त्री बनाउने कुनै सहमति नगरेको बताउनुभयो ।