कोरोना भाइरसबारे डब्लूएचओले दियो विश्वलाई नै यस्तो चेतावनी

काठमाडौं,माघ,१६-खतरनाक जीवाणु कोरोना भाइरसप्रति पूरै विश्व सावधान रहन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सुझाव दिएको छ।

डब्लुएचओका स्वास्थ्य आपत्‌काल कार्यक्रमका प्रमुखले चीनको उहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्ध विश्व नै सजग रहनुपर्ने बताएका हुन्।

यो खतराक नयाँ भाइरसको संक्रमण नियन्त्रण गर्न सिंगो विश्व एक भएर अगाडि बढ्नुपर्ने सुझाव  डब्लूएचओले दिएकाे बीबीसीले जनाएकाे छ। 

यो भाइरसले विश्वव्यापी आपतकालीन अवस्था निम्त्याएको हो कि होइन भनी निर्णय गर्न डब्लुएचओले बिहीबार बैठक राख्दै छ।डब्लूएचओका डाक्टर माइक र्‍यानले याे भाइरसकाे संक्रमण गम्भीर चरणमा पुगेको बताएका छन्। 

तर यसको फैलावट अझै पनि रोक्न सकिनेमा आफूहरू विश्वस्त रहेको उनकाे भनाइ छ। यो कोरोना भाइरसविरुद्धको कुनै स्पष्ट उपचार वा खोप छैन। तर कैयौं मानिस उपचारपछि निको भएका छन्। 

बीबीसीका अनुसार डाक्टर र्‍यानले चीन जान विज्ञहरूको अन्तर्राष्ट्रिय टोली तयार हुँदै गरेकाे जानकारी दिएका छन्।टोलीले उक्त भाइरस कसरी सर्छ भन्नेबारे थप तथ्य पत्ता लगाउने उनको भनाइ छ।नेपालखबरबाट