पत्रकार शालिकराम पुडासैनी मृत भेटिए

काठमाण्डौं,साउन,२१-

माउन्टेन टिभी काठमाडौंमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन्। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुन्डिएकाे अवस्थामा पुडासैनी भेटिएका हुन्।

उनी सोमबार दिउँसो ३:३० बजे सो होटलको २०२ नम्बर कोठामा बास बसेका थिए। खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र ढोका नखोलेपछि राति १० बजे प्रहरीलाई खबर गरिएको थियो। प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ।

नुवाकोटको बेलकोटगढी नगरपालिका- २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा प्रवेश गरेका थिए। उनी मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए। यसअघि उनले न्यूज-२४ को सिधा कुरा जनतासँग कार्यक्रममा समेत काम गरेका थिए। उनका आफन्त आएपछि घटनाबारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ। रासस