नेपालगन्ज मेडिकल कलेजका चिकित्सहरु डा. किदुवाई र रेग्मी सम्मानित

नेपालगन्ज,साउन,१३-
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालन्जमा कार्यरत सर्जन डा- रोमन किदुवाई र एनेस्थेटिस्ट डा- नविन रेग्मी मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगन्ज बाँकेद्वारा आईतबार एक कार्यक्रममा सम्मानित हुनु भएको छ ।

उक्त प्रहरी अस्पतालमा मेडिकल उपकरण हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा नेपाल प्रहरीका कर्तव्य पालनको सिलसिलामा घाइते एवम् अस्वस्थ भइ नेपालगन्ज मेडिकल कलेजमा पठाईएका प्रहरी तथा कर्मचारीहरुलाई तत्काल अावश्यकता अनुसार स्वास्थ्य सेवा प्रदान गरे बापत अमुल्य योगदानको कदर गर्दै दुवै चिकित्सकहरुलाई सम्मान पत्र प्रदान गरिएको हो ।

उक्त अस्पतालका प्रा- प्रहरी नायव महानिरीक्षक डा- सुमनराजा श्रेष्ठ अध्यक्ष , प्रमुख अतिथि प्रदेश नं ५ का अान्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद के-सी- , तथा अस्पताल प्रमुख प्रा- प्रहरी उपरीक्षक डा- अाशिष दत्तद्वारा हस्ताक्षरित सम्मान पत्रले सम्मानित गरिएको छ ।

डा- किदुवाई र रेग्मी अस्पतालमा चाहे भुकम्पको बेलामा होस् चाहे अन्य बाढी, डुवानको बेलामाहोस् तत्काल अापतको बेलामा अग्रसर भएर काम गर्ने गरेको अस्पताल प्रशासनले बताएको छ । चिकित्सक किदुवाईलाई यश भन्दा पहिले भारतीय सशस्त्र प्रहरी बलले पनि उच्च सम्मान गरेको थियोे । मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पतालले अन्य व्यक्तिहरुलाई पनि सम्मान गरेको बताएको छ ।