ढुक्क भएर मतदान गर्न गृहमन्त्री शर्माको आह्वान

दाङ,असार,१२-

गृहमन्त्री जर्नादन शर्मा प्रभाकरले असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा निर्धक्क भएर मतदान गर्न आह्वान गर्नु भएको हो ।रिपोटर्स क्लब नेपाल दाङ शाखाले आज तुलसीपुरमा गरेको साक्षात्कारमा मन्त्री शर्माले निर्वाचनका लागि सवै सुरक्षा ब्यवस्था मिलाइएको हुँदा ढुक्क भएर मतदानमा सहभागी हुन मतदाताहरुलाई आग्रह गरेका हुन्।

निर्वाचनमा जनताको उत्साह पूर्ण सहभागिता र दलहरुको स्वच्छ प्रतिस्पर्धा हुनुले पनि निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न हुने शर्माको भनाइ थियो। निर्वाचन सुरक्षाका लागि सरकारले नेपाल प्रहरी , सशस्त्र प्रहरी , राष्ट्रिय अनुसन्धानका कर्मचारीहरुलाई परिचालन गरिएको र बाहिरी घेरामा सेनासमेत परिचालन गरिएको हुँदा निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो ।

गृहमन्त्री जर्नादन शर्मा प्रभाकर

‘सरकारले भयरहित निर्वाचनका लागि सवै सुरक्षा प्रबन्ध मिलाएको छ,’ गृहमन्त्री शर्माले भने। विप्लप नेतृत्वको पार्टीले स्थानीय तह निर्वाचन खारेजीको माग गरिरहेको भन्दै शर्माले रोल्पाको थवाङ लगायतका स्थानमा निर्वाचनमा सहभागी हुनुले अब त्यसको कुनै अर्थ नभएको स्पष्ट पारे।

अर्को प्रशंगमा गृहमन्त्री शर्माले तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठ अपहरणको घटनालाई सरकारले अत्यन्तै महत्वपुर्ण रुपमा लिएको भन्दै चाँडै सत्य तथ्य बाहिर आउन बताए। घटना घट्नुका पछाडि केही कारणहरु रहेको भन्दै मन्त्री शर्माले अहिले भन्न नमिल्ने तर, चाँडै तत्थ्य बाहिर आउने बताउनुभयो । शर्माले केही घटनाका कारण तुलसीपुर असुरक्षित छ भन्नु गलत भएको बताउनुभयो ।