लामो समय पछि मतदान गर्न पाउदा बर्दियाका मतदाताहरु निकै खुशि

डम्मर थापा मगर,

बर्दिया,,असार,१४-

स्थानिय तहको निर्वाचन देशका बिभिन्न स्थानमा निर्वाचन भएसंगै आज मतदाताहरुले बर्दियाको बारबर्दिया नगरपालिका वडा नं ७ मा मतदान गरिरहेका छन् । लामो समयको प्रतिक्षा पछि भएको निर्वाचनमा मतदान गर्न पाउदा मतदाताहरु निकै खुशि देखिएका छन ।

आफुले आफ्नो ठाउ र आफ्नो प्रदेश को बिकास का लागी सहि उम्मेदवार चुन्न पाउदा र आफ्नो गाउ ठाउको बिकासका लागी आफैले प्रत्यक्ष रुपमा यसरि उम्मेदवारहरुलाई छनोट गर्न पाउदा उम्मेदवारहरुमा एउटा नया उमंग पलाएको छ ।

साविकका गाउ रम्भापुर, सिउनिया, हर्नवा र सुनपुर गरि ४ गाउ मिलेर बनेको वडामा ३९८० मतदाताहरु रहेका छन तर अनुमानित २६०० मत खस्ने सम्भावना देखिएकाे छ ।बारबर्दिया नगरपालिका वडा नं ७ मा २ वटा स्थानमा निर्वाचन गरिएको छ ।

श्रि भानुभक्त मा. वि केन्द्र मा सिउनिया, हर्नवा र सुनपुर गरि ३गाउ को निर्वाचन भैरहेको छ भने श्रि जनता उ.मा बि रम्भापुर केन्द्र मा रम्भापुर को निर्वाचन भैरहेको छ ।‎