सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ,असार,३१-मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। बिहीबार दिउँसो सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

बैठकले प्रतिनिधि सभाको अधिवेशन बोलाउने लगायातका विषयमा निर्णय गर्ने एक मन्त्रीले जानकारी दिनुभयो। 

सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधि सभा पुनर्स्थापना गर्दै ३ साउनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो। त्यही आधारमा मन्त्रीपरिषद्ले संसद अधिवेशन आह्वान गर्न लागेको हो।

‘बैठकमा कोरोना संक्रमण नियन्त्रण, अघिल्लो सरकारले गरेका कतिपय असंवैधानिक निर्णयका विषयमासमेत छलफल गर्ने संभावना छ,’ ती मन्त्रीले भने। बैठक दिउँसो १२ बजेपछि बस्ने छ।