बाजुरामा बिद्यार्थीको लागि सोलार टुक्की वितरण

रमित बि.क.

बाजुरा,जेठ,२४-

बाजुराका दुर्गम क्षेत्रका जेहेन्दार तथा गरिव विद्यार्थीका लागि सोलार टुक्की वितरण गरिएको छ । २५ विद्यालयका १२ सय ७३ विद्यार्थीलार्ई मंगलवार देखि सोलार टुक्की वितरण गरेको जिल्ला वातावरण उर्जा तथा जलवायुपरिवर्तन शाखा बाजुराका ईञ्जिनियर तालवहादुर रावतले बताउनुभएको छ ।

बाजुराका साविकका रुगिन विच्छ्याँ ,साप्पाटा वाई जुकोट बाँधु,काँडा,जयवागेश्वरी,दहकोट,मार्तडी र आटिचौर गाविस लगायतका बिद्यालयका विद्यार्थीलाई वितरण गरिएको बताइएको छ । आगामी एस.ई.ई. परिक्षालाई मध्यनजर गरी उक्त टुक्की वितरण गरीएको हो ।

उज्यालोका कारण कोहीपनि विद्य्यार्थी पढाईबाट बञ्चित नहुन भन्ने उद्देश्यले बिद्यार्थीलाई टुक्की कार्यक्रम ल्याएका हौं ईञ्जिनियर रावतले भन्नुभएको छ । विद्य्यर्थीका लागि टुक्की प्राप्त भएपछि दियालो झरो र लोष्टाको झन्झ्टबाट उम्किएको दहकोटका एक बिद्यार्थीले बताउनुभएको छ ।

विशेषगरी विद्युतीय सेवा नपुुगेका ग्रामिण भेगका कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीहरुका लागि यो कार्यक्रम लागु गरिएको बताईएको छ । जिल्लाको समन्वयमा सिफारिस गरेका प्राःय सबै बिद्यालयका बिद्यार्थी परेका छन् । बिद्यालको सिफारिस नै नआएका बिद्यार्र्थी भने पहिलो चरणमा बञ्चित भएको बताइएको छ ।

पटक पटक जानकारी गराउादा पनि धेरै शिक्षकले निवेदन नै दिएनन् दिए जतिका सबैले पाए ईञ्जिनियर रावतले भन्नुुभयो । सदरमुकाम मार्तडीबाट वितरण गरिएका सोलार सेटमा सोलार पाता २ बल्भ ६ भोल्टको ब्याट्री दिएको लक्ष्मी माद्यामिक विद्यालय जिल्लीका प्रधानाध्यापक कुुष्मराज पण्डितले बताउनुुभएको छ ।

उक्त सोलार टुक्कीलाई दैनिक चार घण्टा घाममा चार्ज गर्नु पर्ने छ भने राती चार घण्टा सम्म मज्जाको सोलार उज्यालो प्रयोग गर्न सकिन्छ ।