नेकपा एमालेको संकल्प पत्र सार्वजनिक

रोशन घर्ति

दाङ,जेठ,२४
नेकपा एमाले दाङले जिल्लाको समग्र विकासका लागि योजना सहितको संकल्प पत्र सार्वजनिक गरेको छ । आज घोराहीमा पत्रकार सम्मेलन गरि नेकपा एमालेले स्थानिय तह निर्बाचन पछि दाङको संबृद्धीका लागि योजना सहितको संकल्प पत्र सार्वजनिक गरेको हो ।

मुख्य गरि दाङलाई प्रादेशिक राजधानी बनाउनेमा जोड दिदै राजनितिक, आर्थिक, सामाजिक, धार्मिक, साँस्कृती पक्षको बिकास बिना दाङ संबृद्ध बन्न नसक्ने एमालेको ठहर छ । संकल्प पत्र सार्वजनिक गर्दै एमालेका केन्द्रिय सामाजिक सेवा बिभागका सदस्य बिकिरण गौतमले संकल्प पत्रमा १८ वटा निति र २५ क्षेत्र भित्र २ सय ८७ वटा कार्यक्रमहरु प्रस्तुत गर्नुभयो ।

‘विकसित गाउँ÷नगर एमालेको अभियान, दाङको संबृद्धिका लागि सूर्यमा मतदान’ भन्ने नाराका साथ सार्वजनिक गरिएको घोषणा पत्रमा सामाजिक न्याय सहितको संबृद्धि अहिलेको आबस्यकता भनिएको छ । सामानुपातिक, समाबेशि र सहभागितामूलक सिद्धान्तका आधारबाट मात्रै समतामूलक समाजको निर्माण गर्न सकिने संकल्प पत्रका उल्लेख छ । निर्वाचनको संघारमा नेकपा एमालेले नागरिकहरुका आधारभुत आबस्यकता सँगै पूर्बाधार बिकासलाई प्राथमिकतामा राखेको छ । बालबालिका देखी जेष्ठ नागरिक सम्मका अधिकारलाई स्थापित गर्न एमाले प्रतिबद्ध रहेको समेत संकल्प पत्रमा उल्लेख गरिएको छ । घोराही, तुलसीपुर र लमही बजारलाई फरक फरक विकासले चिनाउने, प्रत्येक वडामा स्वास्थ्य चौकी बनाउने, जेष्ठ नागरिकहरुलाई घरमै बृद्धभत्ता पु¥याउने, सबै नागरिकहरुको घरमा फोन र ईन्टरनेट सेवा पु¥याउने जस्ता योजनालाई एमालेले संकल्प गरेको छ । त्यसैगरी विभिन्न जातजातिको संस्कारको जगेर्ना, पर्यटकिय क्षेत्रमा लगानी, प्रत्येक वडामा खेल मैदान, गरिवीलाई हटाउन कृषिमा आधुनिकिकरण र जिल्लालाई शिक्षाको हव बनाउने एमालेको योजना रहेको छ । एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्काको अध्यक्षता एवं एमालेका बैकल्पीक केन्द्रिय सदस्य मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण उपसचिब सुरामणि बेल्बासेले गर्नुभएको थियो ।