दाङमा चलचित्र गाउँपालिकाको सुटिङ

नरेश खड्का,

दाङ,जेठ,२४-

स्थानीय निकायहरु स्थानीय तहमा रुपान्तरित भएसँगै दाङलाई आधार बनाएर चलचित्र गाउँपालिका बन्ने भएको छ । राज्य पुनः संरचना भएसँगै जनतामा अन्यौल छाएको अवस्थामा जनतालाई नयाँ बनेका स्थानीय तहहरुबाट हुने काम कुराको बारेमा जानकारी दिने उद्देश्यले चलचित्रको निर्माण हुन लागेको निर्माण पक्षले जानकारी दिएको छ ।

रिपोर्टर्स क्लव दाङमा मंगलबार अयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै कलाकार तथा निर्माता निर्देशक सरोज वलीले यस्तो जानकारी दिनुभएको हो । उहाँले पत्रकार सम्मेलनमा बोल्दै ७० मिनेटको रहने चलचित्र २५ लाखको लगानी लाग्ने उहाँले जानकारी दिनुभयो । चलचित्रमा कलाकारहरु रवि गिरी, नायिका केकी अधिकारी कलाकारहरु गौरव पहाडी,लगायतका कलाकारहरुको अभिनय हुने जानकारी दिइएको थियो ।

चलचित्र गाउँपालिकाको शुभमुर्हूत बुधबार बिहान ८ वजे घोराहीको लक्ष्मीपुरमा हुने निर्माण युनिटले जानकारी दिएको छ ।क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा कलाकार रवि गिरी सरोज वली र चलचित्र पत्रकार संघ दाङका अध्यक्ष धु्रवराज न्यौपानेलगायतकाले बोल्नुभएको थियो, कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ दाङका सचिव सन्तोष केसीले गर्नुभएको थियो ।