विश्वकप फुटबल नकआउट चरणमा कसले कोसंग खेल्दैछन् हेर्नुहोस् (सुची सहित)

भोली शनीबारबाट नकआउट चरणका खेल हुने

काठमाडौँ,असार,१५-

रुसमा जारी विश्वकपको समूह चरणको खेल सम्पन्न भएको छ । बिहीबार रातीको खेलमा जापान ग्रुप ‘एचबाट उपविजेता बन्दै कोलम्बिया संगै नकआउट चरणमा प्रवेश गरेको छ । 

बिहिबार रातीको खेलमा जापान पोल्याण्ड संग १-० गोल अन्तरले हार बेहोरेको थियो । तर उता कोलम्बियाले सेनेगललाई हराएका कारण जापान नकआउट चरणमा प्रवेश गरेको हो ।

सेनेगल र जापानको सामान ४ अंक र गोल रहित बराबर भएपनी फेयर प्लेका आधारमा जापान भाग्यमानी बनेको हो ।विश्वकप इतिहासमै पहिलो पल्ट कुनै टिम फेयर प्लेका आधारमा अघिल्लो चरण पुगेको हो । समूह चरणकाे खेलमा जापानले सेनेगलले भन्दा दुई वटा कम पहेँलाे कार्ड बेहाेरेकाले उ अर्काे चरणमा पुग्न सफल भएकाे हाे । सेनेगलले  तीन खेलमा गरी ६ वटा पहेँलाे कार्ड पाएकाे थियाे भने जापानले ४ वटा पहेँलाे कार्ड पाएकाे थियाे । 

यसअघी बिहिबार नै सम्पन्न खेलमा बेल्जियम समूह ‘जि’ को विजेता बन्यो भने इग्ल्यान्ड १–० गोल पराजित भयो तर इंग्ल्याण्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरिसकेको छ ।

यसैबिच विश्वकप फुटबलको प्रि क्वाटर फाईनल खेलमा पुगेका १६ राष्ट्रहरु 

समुह ए बाट उरुग्गे र रसिया समुह बि बाट स्पेन र पोर्चुगल समुह सि बाट फ्रान्स र डेनमार्क समुह डी बाट क्रोएशिया र अर्जेन्टीना समुह ई बाट ब्राजील र स्विजरल्याण्ड समुह एफ बाट स्विडेन र मेक्सिको समुह जी बाट बेल्जीयम र ईग्ल्याण्ड समुह एच बाट कोलम्बिया र जापान नकआउट चरणमा पुगेका हुन् । नकआउट चरणका खेल भने भोलीबाट सुरु हुदै छन् ।

नक आउट चरणमा अब कुन देशले को संग खेल्दैछन् ।

१६ असार २०७५ शनीबारका दिन

साँझ ७:४५ बजे फ्रान्स र अर्जेन्टिना बिच काजान अरेना, कजान रंगशालामा खेल हुनेछ ।

राती ११:४५ बजे उरुग्गे र पोर्चुगल बिच फिस्ट स्टेडियम, सोची रंगशालामा खेल हुनेछ ।

१७ असार २०७५ आईतबारका दिन

साँझ ७:४६ बजे स्पेन र रसिया बिच लुजुनिकी स्टेडियम, मास्को रंगशालामा खेल हुनेछ ।

राती ११:४५ बजे क्रोएशिया र डेनमार्क बिच  निजनी नोव्गोरोड रंगशालामा हुनेछ ।

१८ असार २०७५ सोमबारका दिन 

साँझ ७:४५ बजे ब्राजील र मेक्सिको बिच समारा अरेना, समारा रंगशालामा हुनेछ ।

राती ११:४५ बजे बेल्जीयम र जापान बिच रोस्तोभ अरेना, रोस्तोव-ऑन-डन रंगशालामा हुनेछ ।

१९ असार २०७५ मंगलबारका दिन 

साँझ ७:४५ बजे स्विडेन र स्विर्जल्याण्ड बिच सेन्ट पीटर्सबर्ग रंगशालामा हुनेछ ।

राती ११:४५ बजे कोलम्बिया र ईग्ल्याण्ड बिच स्पार्टक,मास्को रंगशालामा हुनेछ ।

प्रि क्वाटर खेलबाट ८ वटा देश क्वाटर फाइनलका लागि छानिने छन् । क्वाटरफाइनलको खेल असार २२ र २३ गते हुनेछ ।

जसबाट सेमिफाइनलका लागि ४ वटा देश छानिने छन् । सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ । जसबाट दुईवटा देश फाइनलका लाछि छानिने छन् भने दुई वटा देश तेस्रो स्थानका लागि खेल्ने छन् । तेस्रो स्थानको खेल असार ३० गते हुनेछ भने असार ३१ गते फाइनल खेल मस्कोमा  हुनेछ ।