राप्रपा अध्यक्ष कमल थापा पराजीत

काठमाडौं,मंसिर,२४-

राप्रपा अध्यक्ष कमल थापा पराजीत हुनुभएको छ । उहाँलाई नेकपा एमालेका कृष्णप्रसाद दाहालले प्रतिनिधिसभा सदस्यमा पराजीत गर्दै निर्वाचित हुनुभएको छ । मकवानपुर क्षेत्र नम्बर १ बाट जितेका दाहालले हालका ऊर्जामन्त्री थापाविरुद्ध जितको ह्याट्रिक पुरा गर्नुभयो ।

दाहालले ५ हजार ९७३ मतान्तरले थापालाई हराउनु भएको हो । दाहलले ४० हजार ६३१ मत प्राप्त गर्दा थापाले भने ३४ हजार ६५८ मत मात्रै पाउनुभयो ।

निर्वाचन पूर्वसन्ध्यामा ऊर्जामन्त्री रहेका थापाले हेटौंडा बजारबाट राजमार्ग सार्ने निर्णय गराएपछि दाहाललाई थापाविरुद्ध जित निकाल्न असहज हुने अनुमान गरिएको थियो ।

राप्रपाका अध्यक्ष कमल थापालाई पराजित गरेर उहाँ तेस्रोपटक सांसद बन्नु भएको छ । ०४८ र ०५६ सालको निर्वाचनमा उहाँ सांसदमा निर्वाचित हुनुभएको थियो , भने ०५१ सालको मध्यावधि चुनावमा भने दाहाल कमल थापासँग हार्नु भएको थियो ।