यूएईमाथि नेपालको शानदार जित

काठमाडौं,फाल्गुन,२८-आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा यूएईविरुद्ध शानदार जित हासिल गर्दै नेपालले एक दिवसीय राष्ट्रको मान्यता जोगाएको छ।

युएईलाई १ सय ७७ रनको फराकिलो अन्तरले हराएको नेपालले ऐतिहासिक जित निकालेको हो।

यूएईविरुद्ध शानदार जित दर्ता गर्दै नेपालले आगामी कम्तिमा ४ वर्षका लागि एकदिवसीय मान्यता कायम राख्ने सुनिश्चित गरेको हो ।

आईसीसी विश्वकप क्रिकेट लिग-२ का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ।

यूएईको हारसँगै अमेरिकाको ओडीआई मान्यता जोगिएको छ। जारी शृखंलामा लगातार दोस्रो जितपछि नेपालले अमेरिकालाई पनि पछि पारेको छ।

नेपालले सात राष्ट्र सहभागी लिग-२ मा चौथो स्थान पक्का गरिसकेको छ र बाँकी दुई खेल जितेमा नेपाल शीर्ष तीनमा रहँदै विश्वकप क्वालिफायरमा छनोट हुनेछ।