धनगढी विमानस्थलबाट काठमाण्डौं सम्म रात्रीकालीन उडान सुरु

धनगढी,चैत,११-

धनगढी विमानस्थलमा कम भिजिविलिटी र रात्रीकालीन उपकरण जडानका लागि जग्गा अधिग्रहणको काम अगाडी वढिरहेका वेला धनगढी– काठमाण्डौ रात्रीकालीन उडान सुरु भएको छ। वुद्ध एयरले नेपाल नागरिक उडड्यन प्राधिकरणसँग अनुमतिका लागि सात महिनादेखि परीक्षण गर्दै आएकोमा अनुमति पाएपछि उडान भर्न सुरु गरेको हो।

रात्रीकालीन उडान र कम भिजिविलीटीमा पनि हवाई यात्रा गर्नका लागि वुद्ध एयरले स्याटालाईटसँग कनेक्सन गरेर रात्रीकालीन सेवा थपेको हो । धनगढी विमानस्थलमा उपकरणको अभाव रहेकोले स्याटालाईटको माध्यमले उडान थालिएको वुद्ध एयर धनगढीका स्टेशन म्यानेजर वुद्धराम माझीले जानकारी दिए।

हाल धनगढी विमानस्थलमा ५ हजार मिटरभन्दा कम भिजिविलिटीमा जहाड उड्न र अवतरण गर्न नसकिने अवस्थामा वुद्ध एयरका जहाज अव १७ सय मिटर भिजिविलिटीमा पनि उडान भर्न सक्नेछन ।

मौसममा कुनै खरावी नआएमा रातिको समयमा र कम भिजिविलीटीमा उडान भर्न कुनै समस्या नहुने धनगढीका स्टेशन म्यानेजर माझीले जानकारी दिए।

धनगढी विमानस्थलवाट आजदेखि उडान सुरु भएको धनगढी विमानस्थलले जनाएको छ। विमानस्थल प्रमुख छवि ठकुल्लाले उपकरणको वाटो अनुसार उडान थालेको वताए। जिएनएसएस अर्थात ग्लोवल नेभिगेसन स्याटालाईट सिस्टमवाट उडान भरिने जानकारी दिए।

दिउँसो र रातीको समयको रुट भने फरक हुने छ। आईएफआरको आधारमा उडान सेवा सुरु भएपछि प्रदेश नम्वर ७ का वासीहरुले अव रातीको समयमा पनि हवाई यात्रा गर्न सकिने भएको छ। साभार : दिनेश खबरबाट