अधिनायकवाद आएको पुष्टि गर्न कांग्रेसलाई आेलीको चेतावनी

काठमाण्डौ,साउन,१२-

प्रधानमन्त्री केपी ओलीले अधिनायकवाद आएको पुष्टि गरेको देखाउन प्रमुख प्रतिपक्ष कांग्रेसलाई चेतावनी दिनुभएको छ ।प्रधानमन्त्री ओलीले कांग्रेसले मुलुकलाई विधिसम्मत ढंगले चल्न नदिएको आरोप समेत लगाउनुभयो । उहाँले कांग्रेसले संसद अवरुद्ध पारेर जनताको सार्वभौमसत्ता सम्पन्न निकायको गरिमा समेत कायम राख्न नदिएको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले जनताको दुःख हरण गर्दै लगेकोमा कांग्रेस आत्तिएको दाबी गर्नुभयो । उहाँले रेल ल्याउने र तुईन स्थापित गर्ने लगायतको कामलाई सरकारले तीव्रताका साथ अघि बढाउने प्रतिवद्धता पनि दोहोर्यैउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले समयको अधिकतम सदुपयोग गरिरहेको दावी पनि गर्नु भएको छ । समय, बुद्धि, क्षमता, ज्ञानको सदुपयोग गरेर सरकार राष्ट्र निर्माणको अभियानमा जुटेको प्रधानमन्त्री ओलीको भनाइ छ ।प्रधानमन्त्री ओलीले सरकार लोकतन्त्र र लोकतान्तिक आचरण र व्यवहार अनुसार अघि बढिरहेको दावी गर्नुभयो ।साभार नयाँ पत्रीका दैनीकबाट