७ दिने पत्रकारिता तालिम सम्पन्न

नेपालगन्ज,माघ,१२-

सक्षम पत्रकार उत्पादन तथा पत्रकारितामा फरकधारको अभ्यास भन्ने मुल नाराका साथ सन्चालित ७ दिने पत्रकारिता तालिम शनिवार नेपालगन्ज स्थित सिएस्टी होटलको सभाहलमा सम्पन्न भएको छ। तालिम आयोजनाका संयोजक भौतिक मल्लको सभापतित्वमा सम्पन्न उक्त समापनको कार्यक्रममा प्रमुख अतिथी पत्रकारिता क्षेत्रको धरोहर पन्नालाल गुप्ता चाचा जि , अतिथी तिलक डाँगी लगाएतका रहनु भएको थियो।

कुसे न्युज डटकमको आयोजनामा सन्चालित तालिम माघ ७ गते देखि सन्चालन भएको थियो। ७ दिनको तालिम भनिए पनि ६ दिनमै समापन गरिएको थियो।पत्रकारिता क्षेत्रमा लामो अनुभव प्राप्त प्रशिक्षकहरु प्रभात चलाउने, सुरज प्याकुरेल , भौतिक मल्ल लगाएत द्वारा तालिम दिइएको थियो।

तालिमको अन्तिम दिन विविध सांस्कृतिक कार्यक्रम गरि तालिममा सहभागी ३२ जनालाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो।तालिमलाई द क्रीपर कन्ट्रक्सन डोल्पा,रारा एड्भान्चर प्राली आदिको मुख्य प्रायोजन गरेका थिए। त्यतै विजय इलेक्ट्रोनिक ,शुभलक्ष्मी मोटर लगाएतले उक्त तालिमलाई सहप्रायोजन गरेका थिए। निकै लाभदायिक मानिएको उक्त तालिम बाट सहभागिले पत्रकारिता सम्वन्धी धेरै कुरा सिकेको बताए।